दफा २५
निजी रक्षाको अधिकारमा बन्देज

(१) दफा २४ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा वा कामका बिरुद्ध निजी रक्षाको अधिकार प्राप्तहुन सक्ने छैनः–
(क) कसैको जिउ वा सम्पत्तिमा गैर कानूनी क्षति पुर्याउने काम हुँदाका बखत त्यस्तोे क्षतिबाट बचाउनतत्काल सार्वजनिक अधिकारीको संरक्षण वा मद्दत उपलब्ध हुने वा हुन सक्ने अवस्था भएकोमा,
(ख) जसको जिउ वा सम्पत्तिमा क्षति पुगेको हो त्यस्तो व्यक्तिले नै क्षति पुर्याउने व्यक्तिलाई उत्तेजितगरेको कारणबाट त्यसरी क्षति पुगेकोमा,
(ग) अदालतको फैसला वा आदेश अनुसार कुनै राष्ट्रसेवकले असल नियतले कुनै काम गरेकोमा,
(घ) कुनै राष्ट्रसेवकले आफ्नाे पदीय अधिकारको प्रयोगमा असल नियतले कुनै काम गरेकोमा,
(ङ) कुनै राष्ट्रसेवकले आफ्नाे पदीय अधिकारको प्रयोगमा असल नियतले दिएको निर्देशन अनुसार कसैले कुनै कामगरेकोमा ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुनै व्यक्ति निजी रक्षाको अधिकारबाट बञ्चितहुने छैनः–
(क) उपदफा (१) को खण्ड (ग) मा उल्लिखित काम गर्ने व्यक्ति राष्ट्रसेवक हो र निज अदालतको पैmसला वाआदेशानुसार काम गर्दैछ भन्ने कुरा जानकारी हुने वा विश्वास गर्ने मनासिब कारण नभएमा वा निजको परिचयवा सो काम गर्न पाएको अधिकारपत्र माग गर्दा पनि निजले आफ्नाे परिचय नदिएमा वा त्यस्तो काम गर्नपाएको अधिकारपत्र नदेखाएमा,
(ख) उपदफा (१) को खण्ड (घ) मा उल्लिखित काम गर्ने व्यक्ति राष्ट्रसेवक हो भन्ने कुरा जानकारी हुने वाविश्वास गर्नु पर्ने मनासिब कारण नभएमा,
(ग) उपदफा (१) को खण्ड (ङ) मा उल्लिखित काम गर्ने व्यक्तिले त्यस्तो काम कुनै राष्ट्रसेवकको निर्देशनमागरिरहेको हो भन्ने कुरा जानकारी हुने वा विश्वास गर्नु पर्ने मनासिब कारण नभएमा वा त्यस्तो निर्देशनअनुसार त्यस्तो काम गर्न लागेको हो भन्ने कुरा निजले जानकारी नदिएमा वा त्यस्तो काम गर्न अधिकारपत्रभएकोमा माग गर्दा पनि त्यस्तोे अधिकार पत्र नदेखाएमा ।
(३) दफा २४ वा यस दफा अन्तर्गत निजी रक्षाको अधिकार प्रयोग गर्दा त्यस्तो रक्षा गर्नको लागि आवश्यक पर्ने मनासिबबलभन्दा बढी बल प्रयोग गर्न सकिने छैन ।